रौतहटमा पेस्तोलसहित ३ भारतीय पक्राउ

रौतहटमा पेस्तोलसहित ३ भारतीय पक्राउ

काठमाडौं : रौतहटमा पेस्तोलसहित तीन जना भारतीय पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्ला ग्राम पञ्चायत बिजवनी–२ का  देवेन्द्रकुमार यादव, सुधीकुमार यादव र सन्दीप कुमार छन्। 

भारतबाट हतियार बोकेर नेपाल प्रवेश गरेका उनीहरूलाई मौलापुर नागरपालिका–५ स्थित मौलापुर–कलैया सडकखण्डबाट आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। तर, उनीहरूलाई सोमबार सार्वजनिक गरिएको छ। 

प्रहरीले देवेन्द्रकुमारको साथबाट मेड इन इंग्ल्यान्ड लेखिएको सिक्सर पेस्तोल बरामद गरेको छ। बाँकी दुई जनालाई हतियार कारोबार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

साउन ४, २०७८ सोमबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।