श्रीलंकाविरुद्धको एकदिवसीय खेलमा भारत ७ विकेटले विजयी

कोलम्बोमा आइतबार राति भएको खेलमा भारतले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो। श्रीलंकाले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ३६. बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
भारतलाई जित दिलाउन कप्तान शिखर धवनले अविजित रहँदै ८६ रनको अर्धशतकीय पारी खेले। यस्तै, इशान किशनले ५९ रन, पृथ्वी सोले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेले २६ रन बनाए।
श्रीलंकाका धनन्जय सिल्भाले २ तथा लक्सन सन्दाकनले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो। उसका लागि चामिका करुनारत्नेले अविजित रहँदै ४३ रन बनाए।
कप्तान डसुन शनकाले ३९ रन बनाउँदा चारिथ आश्लन्काले ३८, मिनोद भानुकाले २७ र भानुका राजपाक्षेले २४ रन जोडे।
भारतका दीपक चहर, युजभेन्द्र चहल र कुलदीप यादवले समान २ विकेट लिए। यस्तै, कुर्णाल पाण्ड्या र हार्दिक पाण्ड्याको नाममा १÷१ विकेट रह्यो।
जितसँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ।
क्रिकइन्फोडटकम
साउन ४, २०७८ सोमबार ००:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।