प्रदेश २ सरकार : माओवादी केन्द्रबाट सहभागी मन्त्रीले लिए शपथ

प्रदेश २ सरकार : माओवादी केन्द्रबाट सहभागी मन्त्रीले लिए शपथ

नेकपा (माओवादी केन्द्र)बाट प्रदेश २ सरकारमा सहभागी आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह र राज्यमन्त्री रूवी कर्णले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

साहलाई प्रदेश प्रमुख डा राजेश झा अहिराजले र कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले शपथ खुवाएका हुन्। साह महोत्तरी क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन्। यस्तै, समानुपातिकबाट निर्वाचित सांसद हुन्।  

मुख्यमन्त्री राउतले सत्तारुढ दलकै एक मन्त्री र एक राज्यमन्त्रीको राजीनामा शनिबार स्वीकृत गरेका थिए। मुख्यमन्त्री राउतसमक्ष आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका थिए।

साउन २, २०७८ शनिबार १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।