कैलालीमा थप ३३ जनामा कोरोना पुष्टि

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५५ नमुनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हाल अस्पतालमा २३ जना संक्रमित उपचाररत छन्। तीमध्ये ३ जना आइसियुमा उपचाररत छन्। यस्तै, २ जना संक्रमित निको भएर घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा थप ८ जना बिरामी अस्पतालमा भर्ना भएको उनले बताए।
साउन २, २०७८ शनिबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।