बाजुरामा छोरीलाई बलात्कार गरेकाे कसुरमा पुरुषलाई जन्मकैद 

बाजुरामा छोरीलाई बलात्कार गरेकाे कसुरमा पुरुषलाई जन्मकैद 

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले १४ वर्षीया छोरीलाई जबरजस्ती करणी र हाडनाता करणी गरेको भन्दै ती पुरुषलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जन्मकैद (२५ वर्ष कैद)सँगै ५० हजार रूपैयाँ जरिवाना तोकेको हो।

घटनापछि बालिकाका दाइले २०७७ साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। त्यसपछि सोही दिन आरोपितलाई पक्राउ गरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा जबरजस्ती करणी र हाडनाता करणीअन्तर्गत मुद्दा दर्ता भएको थियो।

घरमा कोही नभएको बेला बुबाले आफूमाथि करणी गरेको पीडित बालिकाले बताइन्। उनका अनुसार पीडित बालिका आमा गाई–भैँसी लिएर अन्यत्र बस्ने गरेकी थिइन्। 

साउन २, २०७८ शनिबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।