सुनको भाउ घटबढ भएन

काठमाडौँ : सुनको भाउ बिहीबारकै मूल्य तोलाको ९३ हजार २ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको भाउ बिहीबारकै मूल्यमा कारोबार भएको जनाएको छ।
तेजाबी सुनको भाउ पनि बिहीबारकै मूल्य ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
यस्तै चाँदीको भाउ १३ सय २० रुपैयाँ कायम भएको छ।
साउन १, २०७८ शुक्रबार ११:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।