आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा दोहोरो अंककाे वृद्धि

काठमाडौं : आर्थिक वर्षको अन्तिम दिन नेप्से परिसूचक ११.३३ अंकले बढेर २८८३.३८ विन्दुमा नेप्से परिसूचक पुगेको छ।
हिजो (बुधबार)को तुलनामा चालु आर्थिक वर्षको अन्तिम दिन कारोबार रकम भने बढेको हो। आज बैंकिङ, ट्रेडिङ, जलविद्युत, फाइनान्स र निर्जीवन बीमा, माइक्रो फाइनान्स र म्युचुअल फण्ड समूह बढेको छ।
आज सबैभन्दा बढी कमाउने लगानीकर्तामा रसुवागढी जलविद्युत् आयोजनाका लगानीकर्ता छन् भने मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।
यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी
आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा गोर्खाज फाइनान्स परेको छ। उक्त फाइनान्स कम्पनीको ३६ करोड ७९ लाख २३ हजार ५ सय ७४ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस्तै, एनआइसी एसिया बैंक, मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाको प्रमोटर सेयर, मन्जुश्री फाइनान्स, नेपाल लाइफ इन्सुरेन्स, नेसनल हाइड्रो, न्यादी ग्रुप अफ कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, युनाइटेड मोदी हाइड्रो र अरूण काबेली पावरको सबैभन्दा धेरै सेयरको कारोबार भएको छ।
असार ३१, २०७८ बिहीबार १९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।