कैलालीमा थप १९ जनामा कोरोना पुष्टि 

कैलालीमा थप १९ जनामा कोरोना पुष्टि 

धनगढी : कैलालीमा थप १९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६५ नमुनाको परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्। तीमध्ये दुई जना संक्रमित आइसियुमा उपचार गराइरहेको उनले बताए। 

पछिल्लो २४ घण्टामा अस्पतालबाट दुई जना संक्रमित निको भएर घर फर्किएको र पाँच जना अस्पताल भर्ना भएको उनले जानकारी दिए। 

असार ३१, २०७८ बिहीबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।