मूल्यवृद्धि ४.१९ प्रतिशतमा सीमित, तलब तथा ज्यालादर १.९८ प्रतिशतले बढ्यो

मूल्यवृद्धि ४.१९ प्रतिशतमा सीमित, तलब तथा ज्यालादर १.९८ प्रतिशतले बढ्यो

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मूल्यवृद्धि ४.१९ प्रतिशतमा सीमित भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्षको यही महिनामा उपभोक्ता मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो। 

राष्ट्र बैङ्कले सार्वजनिक ११ महिनाको समीक्षा अनुसार उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशतमा सीमित भएको हो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६३ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ। 

काठमाडौँ उपत्यकामा ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फीति बैङ्कले जनाएको छ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.९८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही महिनाको सूचकाङ्क ७.४० प्रतिशतले बढेको थियो। 

यस्तै ११ महिनामा कुल बस्तु निर्यात ३७.८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब २५ करोड पुगेको छ। कुल वस्तु आयात २५.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिमा वस्तु आयात १५.३ प्रतिशतले घटेको थियो। 

असार ३१, २०७८ बिहीबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।