सुनको भाउ ९३ हजार २ सय रुपैयाँ कायम

बुधबार ९२ हजार ७ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन बिहीबार ५ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदी तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ।
असार १ गते पनि सुनको भाउ ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो। त्यसपछि घटेको सुनको भाउ असार महिनाको अन्तिम दिन असार १ गते कै मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ।
असार ३१, २०७८ बिहीबार ११:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।