प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक १३ अङ्कले बढ्यो

प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक १३ अङ्कले बढ्यो

सुरु १५ मिनेटको कारोबारमा नेप्से १३.३५ अङ्कले बढेको हो। कारोबारमा आएका ४२ कम्पनीका १५ लाख ४ हजार कित्ता सेयर किनबेच हुँदा २ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। 

कारोबारमा आएका विकास बैङ्क र म्युचुअल फन्ड बाहेक सबै समूहको सेयर मूल्य बढेको छ। 

बुधबार १.०१ अङ्कले बढेको सेयर बजारमा ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। नयाँ सरकार बनेपछि सेयरमा लगानी गर्नेहरू पर्ख र हेरको अवस्थामा रहेको देखिएको छ। कारोबार रकम र नेप्से परिसूचकमा उत्साह भने देखिएको छैन। 

असार ३१, २०७८ बिहीबार १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।