पेट्रोलियम पदार्थको मूल्य घट्यो

निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।
यससँगै अब पेट्रोल प्रतिलिटर १ सय २८ र डिजे तथा मटितेलको मूल्य १ सय ११ रुपैयाँ कायम गरिएको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र)को अनेरास्ववियु क्रान्तिकारी, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालको अनेरास्ववियु, जनता समाजवादी पार्टी (जसपा)को समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले मूल्यवृद्धि भएको भन्दै आन्दोलनमा छन्। उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज पेट्रोल पम्प बन्द गरेका थिए। साथै पेट्रोल ढुवानी गर्ने साधन ट्यांकर चल्न दिएनन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेकाले सोही अनुरुप नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको निगमले जनाएको छ।
असार ३०, २०७८ बुधबार २३:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।