गण्डकीबाट सुरु गर्यो एमालेले उग्र प्रतिपक्षको भूमिका, विरोध भन्दै टेबल फाले

गण्डकी प्रदेशका एमालेका प्रदेश सांसदहरूले त्यसैको अभ्यास गरे। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्न लागेपछि हालै सत्ताधारीबाट प्रतिपक्षको भूमिकामा आएका एमालेका प्रदेश सांसदहरूले विरोध गरेका थिए।
प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सुरु भए लगत्तै प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए।
प्रतिपक्षी सांसदलाई सभामुखले मार्सल लगाएपछि उनीहरू टेबल तोडफोडतिर लागे। एमाले सांसद र मर्यादा पालक बिच सांसदमै घचेटाघचेट भयो। टेबल फाल्दै विरोध गर्दा पनि बजेट नरोकिएपछि उनीहरू बहिष्कार भन्दै बाहिरिए।
प्रतिपक्षका सांसद बाहिरिएपछि सभामुखले सत्तापक्षका सांसदलाई बजेटमाथि बोल्न समय दिए। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पारित गर्न प्रस्ताव राखेपछि बहुमतले पारित भयो। पोखरेलले अर्थ मन्त्रालय समेत आफैले सम्हालेकाले उनैले बजेट पेस गरेका थिए। पोखरेलले १ असारमा ३० अर्बको बजेट ल्याएका थिए।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद मिलेर गण्डकीमा रहेको एमालेको नेतृत्वमा बनेको परिवर्तन गरेका थिए।
असार ३०, २०७८ बुधबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।