कैलालीमा थप २४ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९७ नमुनाको परीक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्। तीमध्ये २ जना संक्रमितको आइसियुमा उपचार भइरहेको उनले जानकारी दिए।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमित निको भएर घर फर्किएका छन्। उक्त अवधिमा थप ४ बिरामी अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ।
असार ३०, २०७८ बुधबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।