सुरक्षित मोबाइल अनुभवका लागि ओपोले छनोट गर्यो ‘एडब्ल्यूएस’

यसका लागि एमेजन वेभ सर्भिसेज् (एडब्ल्यूएस) विश्वकै अग्रणी क्लाउडको छनोट गरेको घोषणा ओपोले गरेको छ। यी सेवाहरूलाई ईप्राइभेसी, सीएसए स्टार र आईएसओ ( आईएसओ/आईईसी २७००१, २७०१८, २९१५१) मार्फत प्रमाणित गरिएको ओपोले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
एडब्ल्यूएस मार्फत ओपोले आफ्ना प्रयोगकर्तालाई आफ्ना तस्बिर, भिडियोज्, कन्ट्याक्ट्स, नोट्स लगायत आवश्यक डाटाहरू क्लाउडमा सहजै सञ्चय गर्न सुरक्षित डाटा स्टोरेज सेवा उपलब्ध गराउने बताएको छ।
यो फञ्शनालिटी सपोर्ट गर्न ओपोले सिंगापोर, फ्रान्स र भारतमा रहेका एडब्ल्यूएसका ग्लोबल पूर्वाधारको प्रयोग गरी एमेजन अउरोरा र एमेजन सिम्पल स्टोरेज सर्भिस (एमेजन एसथ्री) लगायत क्लाउडमा आधारित सेवालाई गति प्रदान गर्नेछ।
कम्पनीले एडब्ल्यूएस क्लाउडट्रायल, एडब्ल्यूएस कि म्यानेजमेन्ट सर्भिस, एडब्ल्यूएस नेटवर्क फायरवाला एडब्ल्यूएस सर्टिफिकेट म्यानेजर र एडब्ल्यूएस आर्टिफ्याक्ट्स लगायत एडब्ल्यूएस सेक्युरिटी सर्भिसेज् उपलब्ध गराउने जानकारी दिएको छ।
ओपो ईन्टरनेशनल इन्टरनेट बिजनेसका प्रबन्ध निर्देशक डेभिड कुले भने, ‘प्रयोगकर्तालाई सर्वोत्कृष्ट प्रयोग अनुभव प्रदान गर्न ओपोले सदैव आफ्नो ध्यान केन्द्रित गरेको छ। यसले विश्वभरका आफ्ना प्रयोगकर्तालाई सुलभ मोबाइल अनुभव प्रदान गर्न सघाउँछ।’
असार ३०, २०७८ बुधबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।