देउवालाई सेयर बजारको हरियो झन्डा, १६ अङ्कको सुधार

देउवालाई सेयर बजारको हरियो झन्डा, १६ अङ्कको सुधार

काठमाडौँ  : सर्वोच्च अदालतको फैसलाले सरकार बदलिएसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै सेयर बजारमा सुधार देखिएको हो।

मङ्गलवार यो साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १६.३४ अङ्कले बढेर २८७१.०३ अङ्कमा पुग्यो। ५ अर्ब ५४ करोडको सेयर किनबेच भएको छ। कारोबारमा आएका १ सय ३७ कम्पनीको सेयर मूल्य बढ्दा नेप्से दोहोरो अङ्कले उकालो लागेको हो।

सर्वाधीक कारोबार भएका दश कम्पनी

आज सबै भन्दा धेरै कारोबार नेपाल बङ्गलादेश बैङ्कको भएको छ। उक्त बैकको ४५ करोड ४७ लाख ७१ हजार १ सय ८८ बराबरको कारोबार भएको छ।

नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैङ्क, निर्धन उत्थान लघुवित्त, नविल बैङ्क, मञ्जुश्री फाइनान्स, निफ्रा, रिलायन्स फाइनान्स, हिमालयन डिस्टिलरी, ज्योति विकास बैङ्कको कारोबार भएको छ।

 

असार २९, २०७८ मंगलबार १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।