सेयर काराेबार फेरि ओरालो

सेयर काराेबार फेरि ओरालो

आइतबारको कारोबारमा नेप्से परिसूचक ७४.७१ अंकले बढेर २८९९.८२ विन्दुमा बन्द भएको थियो। आज कारोबारको दोस्रो दिन ४५.०६ अंकले घटेर २८५४.७६ विन्दुमा पुगेको छ।

सेयर बजारको कारोवार घट्नुमा संसद् पुनःस्थापनाको प्रभाव देखिएको छ। 

साताको दोस्रो दिन आज २ सय २९ वटा कम्पनीको २ करोड ६० लाख २१ हजार १ सय ४ कित्ता सेयर कारोबार हुँदा ९ अर्ब ९८ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ।

आज म्युचुअल फण्ड बाहेकका सबै समूहको कारोबार घटेको छ। आज सबैभन्दा धेरै कमाउने समृद्ध फाइनान्सका लगानीकर्ता छन् भने युनियन हाइड्रोका लगानीकर्ताले धेरै गुमाएका छन्।

यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी 

सोमबार सबैभन्दा धेरै कारोबार निर्धान उत्थान वित्तीय संस्थाको भएको छ। उक्त संस्थाकोे ४७ करोड २६ लाख ५२ हजार १ सय ५२ रूपैयाँ बराबरको कारोबार भएको छ।

आज एनआइसी बैंक, राष्ट्रिय बिमा संस्थानको प्रमोटर सेयर, नबिल बैंक, छिमेकी लघुवित्त, नेपाल बैंक, अञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक, नेसनल हाइड्रोको सबैभन्दा बढी कारोबार भएको छ। 

असार २८, २०७८ सोमबार २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।