भौतिक माग्दै आएका मनाङेलाई खेलकुद, अर्थ मागेका आचार्यलाई ऊर्जा

भौतिक माग्दै आएका मनाङेलाई खेलकुद, अर्थ मागेका आचार्यलाई ऊर्जा

आचार्यले अर्थ मन्त्रालयमा दाबी गरिरहेका थिए भने मनाङेको भौतिक मन्त्रालय पाउनुपर्ने दाबी गरेका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनीहरूको मागमा सहमत नहुँदा लामो समयदेखि दुवै प्रदेश सांसद जिम्मेवारीहीन थिए। आचार्य जनता समाजवादी पार्टीका हुन् भने मनाङ स्वतन्त्र सांसद हुन् ।

माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङले स्वास्थ्य तथा जनसङ्ख्या तथा र काँग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका छन्। गण्डकीमा एमाले सरकार ढालेर माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा काँग्रेस नेतृत्व सरकार बनेको थियो।

 

 

असार २७, २०७८ आइतबार १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।