प्रदेश २ सरकारविरुद्ध एमाले र माओवादी एकै ठाउँ

प्रदेश २ सरकारविरुद्ध एमाले र माओवादी एकै ठाउँ

नेपाली काँग्रेससहित सरकार बनाएको जनता समाजवादी पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटको विरोधमा दुवै दलका प्रदेश सांसद एक ठाउँमा उभिएका हुन्। यसअघि उनीहरूले सांसद विकास कोषको रकम बढाउनुपर्ने माग राखेर प्रदेश संसद् बैठक अवरुद्ध गरेका थिए।

आइतबार बजेटका थप शीर्षकमा समेत सहमति नभएको भन्दै बैठक अवरुद्ध गरे। सांसद विकास कोषबारेको बजेटमा सहमति भएर बैठक खुलेको थियो। तर पछि अन्य विषय उठाउँदै विपक्षमा रहेका एमाले र माओवादी केन्द्रका प्रदेश सांसदले बैठक चल्न दिएनन्।

बैठकको प्रारम्भमै एमालेका संसद् सुन्दर बहादुर विकले प्रदेशको बजेट नगरपालिका र निर्वाचन क्षेत्रमुखी देखिएको भन्दै विरोध गरेका थिए। अनि माओवादी केन्द्रका सांसद दिलीप साहले पनि मन्त्रीहरूले आफ्नो क्षेत्रमा मनोमानी बजेट राखेको विरोध गरेका थिए। विपक्षी सांसदको अवरोधपछि सभामुख सरोजकुमार यादवले बैठक १ घण्टाका लागि स्थगित गरे।

असार २७, २०७८ आइतबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।