साताको पहिलो दिन नेप्सेमा हरियाली, यी हुन् धेरै कमाउने १० बैङ्क

साताको पहिलो दिन नेप्सेमा हरियाली, यी हुन् धेरै कमाउने १० बैङ्क

आइतबारको कारोबारमा नेप्से परिसूचक ७४.७१ अङ्कले बढेर २८९९.८२ विन्दुमा बन्द भएको छ।

१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको कारोबार बढेर आइतबार नेप्से हरियाली देखिएको हो।

साताको पहिलो  दिन ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँमा ३९ पैसामा कारोबार भएको छ।

आइतबार लगानीकर्ताको आकर्षण विकास बैङ्कमा ८.२९ प्रतिशतले वृद्धि भएको छ भने फाइनान्सतर्फ ८.३७ प्रतिशत वृद्धि भएको छ। बाँकी अन्य सब इन्डेक्स पनि बढेका छन्।

सर्वाधिक कारोबार भएका दश कम्पनी

आइतबार सबै भन्दा धेरै कारोबार एनआइसी एसिया बैङ्कको भएको छ। उक्त बैकको ३९ करोड ९६ लाख ११ हजार ५ सय ९५ बराबरको कारोबार भएको छ।

आज नबिल बैङ्क, नेपाल बैङ्क, निफ्रा, मञ्जुश्री फाइनान्स, हिमालयन डिस्टिलरी, छिमेकी लघुवित्त, ज्योति विकास बैङ्क, नेपाल पुनर्बीमा कम्पनी, कामना सेवा विकास बैङ्कको कारोबार भएको छ।

धेरै कमाउने कम्पनी

आज श्री इन्भेस्टमेन्ट कम्पनी, गोर्खाज फाइनान्स, आइसीएफसी फाइनान्सको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

आइतबार ९ प्रतिशत भन्दा धेरै सेयरको मूल्य बढ्नेमा रेसुङ्गा डेभलपमेन्ट बैङ्क, मल्टिपर्पोज फाइनान्स, समृद्ध फाइनान्स, महालक्ष्मी विकास बैङ्क, गुडविल फाइनान्स, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क, हिमाल दोलखा हाइड्रो, ज्योति विकास बैङ्क, प्रोगेसिभ फाइनान्स लगायतका छन्।

त्यसै गरी सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैङ्क, ओरियन्टल होटल्स प्रालीलगायतका कम्पनी छन्।

असार २७, २०७८ आइतबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।