गण्डकी प्रदेशसभा बैठक फेरि स्थगित, अर्काे बैठक भोलि ११ बजे बस्ने

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ।
त्यसअघि आइतबार बिहान ११ बजे सुरु भएको बैठक एमालेले अवरोध गरेपछि दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको थियो। त्यसपछि दिउँसो २ बजे बैठक सुरु भएको थियो। तर, एमालेले फेरि अवरोध गरेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालायले जनाएको छ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले रातो कितावमा नभएको योजनाबाट १६ करोड रूपैयाँ विनियोजन गरेको भन्दै एमालेले प्रदेशसभा बैठकमा अवरोध गरेको हो। उसले घटनाबारे छानबिन हुनुपर्ने माग राख्दै आएको छ।
असार २७, २०७८ आइतबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।