रियलमीको दुई वटा मोडलको मूल्य घट्यो

काठमाडौँ– रियलमी ७ र सी १२ को मूल्य घटेको छ। नेपालमा रियलमी ७ र सी १२ दुई वटा ब्रान्डको मूल्य घटेको हो।
मूल्य घटेपछि रियलमी ७ को मूल्य ३२ हजार ९ सय ९० भएको छ भने रियलमी सी १२ को मूल्य १४ हजार ९ सय ९० रुपैयाँ भएको छ।
रियलमी सी १२ मा मेगा ६००० एमएच ब्याट्रीसहित उपलब्ध छ। यो एक पटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्ले ब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाइ ५७ दिनसम्म रहने कम्पनीले जानकारी दिएको छ।
रियलमी सी १२ मिनी ड्रप डिजाइन समाहित अल्ट्रा चार्ज ६.५ इन्च एलसिडी स्क्रिनमा रहेको छ। यसको स्क्रिनदेखि वडिको अनुपात ८८.७ प्रतिशत छ।
रियलमी ७ – मा शार्प क्याप्चर र तीव्र चार्जिङ रहेको कम्पनीले जनाएको छ। यसमा सोनी ६४ एमपी वाइड एंगलको क्वाड क्यामेरा समेत छ।
असार २७, २०७८ आइतबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।