एमाले अवरोधले स्थगित प्रदेशसभा बैठक सुचारु गर्न गण्डकीमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

एमाले अवरोधले स्थगित प्रदेशसभा बैठक सुचारु गर्न गण्डकीमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं : नेकपा एमालेको अवरोधका कारण स्थगित गरिएको गण्डकी प्रदेशसभा बैठक सुचारु गर्ने सहमति जुटाउन प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएकाे छ। 

कार्यव्यवस्था परामर्श समितिको बैठक केही बेरअघि सुरु भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी जितेन्द्रजंग केसीले जानकारी दिए। उनले कार्यव्यवस्था परामर्श समितिको बैठकपछि आजै प्रदेशसभा बैठक पुनः सुचारु हुने सम्भावना धेरै रहेको बताए। 

नेपाली कांग्रेस नेतृत्वको सरकारले रातो कितावमा नभएको योजनामा १६ करोड रकम विनियोजन गरेको भन्दै एमालेले आजको प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो। 

एमालेको अवरोधका कारण प्रदेशसभा बैठक १ बजेसम्मका लागि स्थगित गरिएको थियो। 

असार २७, २०७८ आइतबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।