सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार ४ सय रूपैयाँ तोकिएको छ। यसअघि गत शुक्रबार सोही दरमा छापावाल सुन किनबेच भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ९ सय रूपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि सोही दरमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँ बढेर १ हजार ३ सय १५ रूपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। गत शुक्रबार चाँदी तोलाको १ हजार ३ सय ५ रूपैयाँ तोकिएको थियो।
सुनचाँदीकाे मूल्य शनिबार निर्धारण गरिँदैन।
असार २७, २०७८ आइतबार १२:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।