कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ

धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बेतकोट नगरपालिका सुन्दरपुर बस्ने २५ वर्षीय गणेश विष्ट र सोही ठाउँका २६ वर्षीय करन धामी छन्।
उनीहरूलाई लागुऔषधको कारोबार गरेको आरोपमा बेतकोट नगरपालिका ९ स्थित कृषि तालिम केन्द्र परिसरभित्रबाट आइतबार पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता शिद्धराज न्यौपानेले जानकारी दिए। उनीहरूको साथबाट २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए।
असार २७, २०७८ आइतबार १०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।