घरेलु मैदानमा अर्जेन्टिनालाई ब्राजिलको मीठो उपहार

घरेलु मैदानमा अर्जेन्टिनालाई ब्राजिलको मीठो उपहार

काठमाडौँ : घरेलु मैदानमा ब्राजिलले अर्जेन्टिनालाई कोपा अमेरिका कपको उपाधि सुम्पँदै २८ वर्षदेखिको उपाधिहीन यात्रा टुंग्याईदिएको छ।

प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाका लागि एन्जल डी मारियाले खेलको २२ मिनेटमा ब्राजिल विरुद्ध गोल निर्णायक बन्दा अर्जेन्टिना कोपा अमेरिका प्रतियोगिताको विजेता बन्यो।
आफ्नो नेतृत्वमा उपाधि जित्न सफल भएका मेसीलाई ब्राजिलका नेयमारले मैदानमै अङ्कमाल गरेर बधाई दिए।
ब्राजिल र अर्जेन्टिनाबिच कोपा अमेरिकाको फाइनलमा तीन पटक प्रतिस्पर्धा भइसकेको थियो। तीनै पटक उपाधि खोसेको ब्राजिलले आफ्नै देशमा भएको प्रतियोगिताको उपाधि भने सुम्पियो।
अर्जेन्टिना पटक-पटक कोपाको फाइनलमा पुगे पनि सधैँ अभागी टिम बन्दै आएको थियो।
आइतबार बिहानको खेल अपेक्षाकृत देखिएन। दुवै टिम उपाधिको तनावले प्रेसरमा देखिए। फउलको सङ्ख्या टन्नै भयो। ब्राजिलले पटक-पटक गोलको प्रयास गरे पनि सफल भएन।
फाइनलमा मेसी गोल रहित भए। उनले २ पटक सुन्दर मौका पाएका थिए गोलको। तर प्रहार गर्न सकेनन्। नेयमार पनि निकै प्रेसरमा थिए। उनलाई आफ्नो गोल पोस्टमा धेरै खेल्न दिएनन् अर्जेन्टिना खेलाडिले। ९० मिनेटसम्म पहिलो हाफकै नतिजा कायम रह्यो। थपिएको पाँच मिनेटमा ब्राजिलले गोल फर्काउने अवसर निकाल्न नसक्दा अर्जेन्टिनाले लामो उपाधिहीन यात्रा टुङ्ग्यायो।

असार २७, २०७८ आइतबार ०८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।