पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ : कोपा अमेरिकाको फाइनलको मध्यान्तर अगाडि अर्जेन्टिनाले एक गोल गरेको छ। अर्जेन्टिनाका डी मारियाले गोल गरेका हुन्।
फाइनल खेल अर्जेन्टिना र ब्राजिलबिच भइरहेको छ। पहिलो मध्यान्तरमा दुवै पक्षका खेलाडिले एक-एक पहेँलो कार्ड पाएका छन्। दुबैपक्षबाट २१ फउल भएका छन्।
असार २७, २०७८ आइतबार ०६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।