बाढी पहिरोबाट भएको क्षतिबापत बीमा कम्पनीमा दुई अर्बको दाबी

बीमा समितिका अनुसार चालू आर्थिक वर्षकाे वैशाखदेखि असार २३ गतेसम्म २० वटै निर्जीवन बीमा कम्पनीसँग कूल एक अर्ब ९२ करोड तीन लाख ४८ हजार रकम माग दाबी गरिएको छ।
निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ सय ३१ वटा बीमा माग दाबीमध्ये १ सय ४१ वटा सम्पत्ति बीमाको ६९ करोड ३६ लाख ४६ हजार, ३३ वटा मोटर बीमाको ४ करोड ७५ लाख ८७ हजार, पाँच वटा सामुद्रिक बीमाको १९ लाख ८१ हजार, ६ वटा कृषि बीमाको एक करोड ६२ लाख ५१ हजार, पाँच वटा पशुपन्छी बीमाको दुई करोड ३८ लाख ५९ हजार र विविधतर्फ दुई वटा बीमाको एक करोड ५५ लाख ५१ हजार रकम मागदाबी गरिएको छ।
यसैगरी, इञ्जिनियरिङ बीमातर्फ हालैको बाढी पहिरोबाट क्षति भएका १ सय ७ वटा निर्माणाधीन आयोजना बीमाको मागदाबी ९० करोड सात लाख ३४ हजार, आठ वटा निर्माण सम्पन्न आयोजना बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्युपमेन्ट बीमाको आठ करोड ८४ लाख ३६ हजार र अन्य ६ वटा बीमाको एक करोड ५३ लाख तीन हजार रकम माग दाबी गरिएको तथ्यांक बीमा कम्पनीबाट प्राप्त भएको समितिले जनाएको छ।
असार २४, २०७८ बिहीबार १९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।