दार्चुलामा पहिरो : एकै परिवारका दुईसहित तीन जनाको मृत्यु

दार्चुलामा पहिरो : एकै परिवारका दुईसहित तीन जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाढ गाउँपालिका–३, जामिरमा पहिरोले घर पुरिँदा स्थानीय नन्दु ठगुन्नाकी  ७२ वर्षीया गेउली  र उनकी ३ महिने नातिनी मन्जरीको मृत्यु भएको हो। 

पहिराेले नन्दु ठगुन्नाको २ तला भएकाे चार कोठे घर पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएकाे छ। 

यस्तै, पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको मृत्यु भएको छ। उनी घट्ट जाने क्रममा पहिराेमा परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा परेर नौगाढ गाउँपालिका–३ की १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छन्। 

असार २४, २०७८ बिहीबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।