युरो कप : फाइनल प्रवेशका लागि इटाली र स्पेन भोलि बिहान प्रतिष्पर्धा गर्दै

युरो कप : फाइनल प्रवेशका लागि इटाली र स्पेन भोलि बिहान प्रतिष्पर्धा गर्दै

काठमाडौं : १६ औं संस्करणको युरो कप फुटबलको पहिलो सेमिफाइनलमा भोलि (बुधबार) इटाली र स्पेन प्रतिष्पर्धा गर्दै छन्।

लण्डनको वेम्बली स्टेडियममा राति १२ः४५ बजे सुरु हुने फाइनल प्रवेशको खेलमा दुवै टोली आमनेसामने हुँदै छन्। 

यसअघि क्वाटरफाइनलमा स्पेनले स्विजरल्याण्डलाई टाई–ब्रेकरमा ३–१ ले हराएको थियो। यस्तै, इटालीले बेल्जियमलाई २–१ ले पराजित गरेको थियो। 

दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान १२ः४५ बजे सुरु हुनेछ।
 

असार २२, २०७८ मंगलबार १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।