साताको तेस्रो दिन पनि सेयर बजारमा ओरालो

साताको तेस्रो दिन पनि सेयर बजारमा ओरालो

काठमाडौं : साताको तेस्रो दिन आज पनि नेप्से घटेको छ। हिजोको तुलनामा आज नेप्से परिसूचक ५.२४ ले घटेर २८१८.१० विन्दुमा पुगेको छ।

नेप्सेका अनुसार आज जम्मा २२० वटा कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता सेयर खरिद बिक्री भएको छ भने ४ अर्ब २२ करोडभन्दा धेरैको सेयर कारोबार भएको छ।

यस दिन ५८ कम्पनीका सेयरधनीले कमाए, १०६ कम्पनीका सेयरधनीले गुमाए भने १९ कम्पनीको सेयर मूल्य यथावत् रह्यो।

आज धेरै कारोवार हुनेमा हिमालयन डिस्टिलरी हो। उक्त कम्पनीको ३५ करोड ८७ लाख रूपैयाँ भन्दा धेरैको सेयर कारोवार भएको छ। आज बै‌ंकिङ, ननलाइफ इन्सुरेन्स, म्यानुफ्याक्चर, लघु वित्त, जीवन बिमा बाहेकका सबै समुह घटेकोे छ।  

असार २२, २०७८ मंगलबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।