डाबरको रियल इम्यूनो म्याङ्गो प्लस बजारमा

काठमाडौँ : डाबर नेपालले नयाँ जुस रियल इम्यूनो म्याङ्गो प्लस बजारमा ल्याएको छ। कम्पनीका अनुसार यसले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउँछ। यो नेपालकै पहिलो फोर्टिफाइड जुस रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालको लागि यो नयाँ उत्पादन रहेको र परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीको प्रेस विज्ञप्तिमा एचएस बेदी, डाबर नेपालका प्रमुखले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन वृहत् बनाउँदै नेपालको नम्बर १ जुस उत्पादक, डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको उल्लेख गरेका छन्।
रियल इम्यूनो म्याङ्गो प्लस आँपको जुस हो। यो पावर अफ फाइभले भरिपूर्ण रहेको कम्पनीको दाबी छ। मह, तुलसी, अश्वगन्धा, भिटामिन सी र जिङ्कले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्छ।
‘कोभिड–१९ को अवस्थामा ग्राहकले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणलाई समय अनुकूल मानेर सराहना गरेका छन् डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्रसाद गोर्खालीले भने‘ प्रडक्ट डेभलप्मेन्टको दौरानमा गरिएको ब्लाइन्ड टेस्ट पनि उपभोक्ताले रियल इम्यूनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेका थिए।’
फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० रुपैंया र १ लिटर प्याकको मूल्य २५० रुपैंया कायम गरिएको छ।
असार २०, २०७८ आइतबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।