कोपा अमेरिका : अर्जेन्टिना सेमिफाइनलमा, अन्तिम ४ पुग्ने टाेलीकाे टुंगाे

कोपा अमेरिका : अर्जेन्टिना सेमिफाइनलमा, अन्तिम ४ पुग्ने टाेलीकाे टुंगाे

काठमाडौं : अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ।

आज बिहान सम्पन्न क्वाटरफाइनलमा इक्वेडरलाई ३–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको हो। 

अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डी पल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले समान १ गोल गरे। पलले खेलको ४० र मार्टिनेजले ८४ मिनेटमा गोल गर्दा मेस्सीले इन्जुरी समयमा गोल गरे। 

यसअघि आजै बिहान भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा उरुग्वेलाई टाइ–ब्रेकरमा ४–२ ले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा पुगेको थियो। 

चौथो क्वाटरफाइनलसँगै कोपी अमेरिकाको अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको छ। यसअघि पेरु र ब्राजिल प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन्। 
 

असार २०, २०७८ आइतबार ११:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।