सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको निधन

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको निधन

काठमाडौं : सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ। 

अध्यक्ष बर्माको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी शिवजी दासले जानकारी दिए। 

उच्च रक्तचाप, मधुमेहलगायत रोगबाट पीडित अध्यक्ष बर्मालाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएकाे थियो। 

२०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

असार २०, २०७८ आइतबार ०९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।