उरुग्वेलाई टाइ-ब्रेकरमा हराउँदै कोलम्बिया काेपा अमेरिकाकाे अन्तिम चारमा

काठमाडौं : उरुग्वेलाई टाइ-ब्रेकरमा हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ
आइतबार बिहान भएको तेस्राे क्वाटरफाइलमा खेलमा कोलम्बियाले उरुग्वेलाई टाइ-ब्रेकरमा ४-२ ले पराजित गर्याे। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइ-ब्रेकरबाट गरिएको थियो।
गोलकिपर डेविड ओस्पिनाले दुई पेनाल्टी रोकेपछि कोलम्बियाले अन्तिम ४ मा स्थान बनाएको हो।
प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइलमा अर्जेन्टिना र इक्वेडर प्रतिस्पर्धा गरिरहेका छन्।
असार २०, २०७८ आइतबार ०८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।