सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का 

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का 

धनगढी :  सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रवार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का आएको हो। 

बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।

असार १९, २०७८ शनिबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।