सेती अपडेट : १६ जनामा कोरोना पुष्टि,एक जनाको मृत्यु

धनगढी : धनगढीमा गरिएको कोरोना परीक्षण शनिवार १६ जनामा सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७ नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १४ जना सङ्क्रमित उपचाररत छन्। जसमध्ये २ जना भेन्टिलेटर, ३ जना आइसियुमा र ७ जना अक्सिजनको सहयोगमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै ४ जनाको अवस्था भने सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६ जना निको भई घर फर्किएका छन् भने ३ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ की ७७ वर्षीय महिला रहेकी छन् ।
असार १९, २०७८ शनिबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।