लागुऔषधसहित कैलालीमा २ जना पक्राउ

लागुऔषधसहित कैलालीमा २ जना पक्राउ

धनगढी : लागुऔषधसहित कैलालीमा २ जना पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय, टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका-३, रामपुरस्थित सडकखण्डमा साेही नगरपालिका वडा नम्बर ६, भर्तापुरका २५ वर्षीय दिलीप राईलाई पक्राउ गरेको हो। उनको साथबाट १० ट्याब्लेटको नाइट्राभेट ६० थान र स्पास्प्रोक्स १६ थान बरामद गरिएको छ।

 बरामद गरिएको लागुऔषध भर्तापुरस्थित औषधी पसलबाट ल्याएको पुष्टि भएपछि खानतलासी गर्दा चाउचाउको पेटीभित्र लुकाइछिपाइ राखेको अवस्थामा १० ट्याब्लेटको नाइट्राभेट ६०० थान ९६ थान स्पास्प्रोक्ससहित औषधी पसलका सञ्चालक सुमन चौधरी पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राई र चौधरीमाथि थप अनुसन्धान भइरहेको छ।

असार १९, २०७८ शनिबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।