सेमिफाइनलमा इटली र स्पेन, स्विटजरल्याण्ड र बेल्जियम बाहिरिए

सेमिफाइनलमा इटली र स्पेन, स्विटजरल्याण्ड र बेल्जियम बाहिरिए

एजेन्सी: क्वार्टर फाइनलमा बेल्जियमलाई २-१ ले हराउँदै इटली सेमिफाइनलमा प्रवेश गरेको छ। अब उसको भेट स्वीटजरल्याण्डलाई टाई ब्रेकरमा ३–१ ले हराएको स्पेनसँग हुनेछ।

पहिलो क्वाटर फाइनलको खेल टाई ब्रेकरमा पुगेर निर्णय आएको थियो। दोस्रो खेल भने निर्धारित समयमै सकियो। इटलीले पहिलो हाफमै २ गोलको अग्रता लिएको थियो। हाफ टाइमको अन्तिम समयमा बेल्जियमले गोल गर्यो। दोस्रो हाफमा कसैले गोल गर्न सकेनन्।

स्पेन र स्विट्जरल्याणको रोमाञ्चक खेल निर्धारित समयमा दुवै टोलीले एक- एक गोल गरेपछि अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनले विपक्षीको पोस्टमा प्रहार गरेको गर्यै गरे पनि बलले जाली चुम्न पाएन। दुवै टोलीले गोल गर्न सकेनन् र खेल टाई ब्रेकरमा पुगेको थियो।
पहिलो हाफमा १–० ले पछि परेको स्वीटजरल्याण्डले दोस्रो हाफमा बराबरी गर्दै खेल आफ्नो पक्षमा फर्काउने प्रयास गर्यो। कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा ल्याए। उ
लगत्तै  स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो। स्वीटजरल्याण्डका फ्रिउलरले रातो कार्ड पाए।
१० खेलाडीमा समेटिए पनि स्विटजरल्याण्डलाई हराउन स्पेनलाई सहज भने भएन। टाइब्रेकर  समेत दुवै टिमका खेलाडिले पेनाल्टी मिस गरिरहे। अन्तमा स्पेनले ३-१ ले जित्यो।

असार १९, २०७८ शनिबार ०२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।