रोमाञ्चक प्रतिस्पर्धामा स्पेन विजयी, १० खेलाडी भएको स्विटजरल्याण्डलाई सकसले हरायो

रोमाञ्चक प्रतिस्पर्धामा स्पेन विजयी, १० खेलाडी भएको स्विटजरल्याण्डलाई सकसले हरायो

एजेन्सी: पहिलो क्वार्टर फाइनलमा स्वीटजरल्याण्डलाई टाई ब्रेकरमा ३–१ ले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ। १० खेलाडीमा समेटिएको स्विटजरल्याण्डलाई हराउन स्पेनलाई हम्मे परेको थियो।

निर्धारित समयमा दुवै टोलीले एक- एक गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनले विपक्षीको पोस्टमा प्रहार गरेको गर्यै गरे पनि बलले जाली चुम्न पाएन। दुवै टोलीले गोल गर्न सकेनन् र खेल टाई ब्रेकरमा पुग्यो। खेलमा सुरुवातमा स्पेनका जोर्डी अल्बाले गरेको प्रहार स्विट्जरल्यान्डका डेनिस जाकारियालाई लाग्दै गोलमा परिणत भएको थियो। पहिलो हाफमा १–० ले पछि परेको स्वीटजरल्याण्डले दोस्रो हाफमा बराबरी गर्दै खेल आफ्नो पक्षमा फर्काउने प्रयास गर्यो। कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा ल्याए। लगत्तै स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो। स्वीटजरल्याण्डका फ्रिउलरले रातो कार्ड पाए। १० खेलाडीमा समेटिए पनि स्विटजरल्याण्डलाई हराउन स्पेनलाई सहज भने भएन। ट्राइवेकरमा समेत दुवै टिमका खेलाडिले पेनाल्टी मिस गरिरहे। अन्तमा स्पेनले ३-१ ले जित्यो।

असार १९, २०७८ शनिबार ०१:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।