नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर दिने
काठमाडौँ : नागरिक लगानी कोषले सेयर धनीलाई ९ प्रतिशत बोनस सेयर दिने भएको छ। कोषको २६ औँ वार्षिक साधारण सभाबाट सो प्रस्ताव पारित भएको हो। सेयर धनीले बोनस सेयरसँगै ८.८९४७ प्रतिशत नगद लाभांश समेत पाउने छन्।
साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ। साधारण सभाले लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित छ।
साधारण सभामा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिएका थिए।
कोषका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्ब ७२ अर्ब रुपैयाँ सङ्कलन र १ खर्व ७१ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको छ।
आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको तथा खुद नाफामध्ये बाँडफाँटयोग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको जानकारी दिइयो।
असार १८, २०७८ शुक्रबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।