सिभिल बैंङकका सिइओ पोखरेल सम्हाले जिम्मेवारी

सिभिल बैंङकका सिइओ पोखरेल सम्हाले जिम्मेवारी

काठमाडौँ : सुनिलकुमार पोखरेलले सिभिल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा जिम्मेवारी सम्हालेका छन्।

२०७८ ज्येष्ठ २७ मा बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो। बैठकले २०७८ असार १८ बाट लागू हुने गरी चार वर्षको लागि उनलाई नियुक्त गरेको थियो।

सिइओको पद सम्हाल्दै उनले सिभिल बैङ्कमा डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरूको कार्य क्षमतामा अभिवृद्धि गर्दै कागजरहित बैङ्कको रूपमा अगाडि बढाउने बताएका थिए। उनले बैकलाई ग्राहकमैत्री बनाउन नयाँ योजना ल्याउने र व्यवसायको आयतनमा वृद्धि गरी लगानीकर्तालाई प्रतिफल दिने बताएका छन्।

पोखरेल २०७८ वैशाख १८ देखि सोही बैङ्कमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए। उनी दुई वर्षदेखि सिभिल बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा आबद्ध थिए। पोखरेलसँग विभिन्न वित्तीय संस्थामा ३० वर्ष काम गरेको अनुभव छ। 

असार १८, २०७८ शुक्रबार १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।