यूनाइटेड सिमेन्ट्सले पायो ग्रेड (५३ ग्रेड) गुणस्तर प्रमाण पत्र

यूनाइटेड सिमेन्ट्सले पायो ग्रेड (५३ ग्रेड) गुणस्तर प्रमाण पत्र

काठमाडौँ : यूनाइटेड सिमेन्ट्स प्रालि द्वारा उत्पादित यूनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ।

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरू मध्ये सबैभन्दा उत्कृष्ट ग्रेड रहेको कम्पनीले जनाएको छ। ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमा मात्र नभई विदेशका ठुला ठुला संरचनाहरूमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ। पारिवारिक घर, हाइड्रो पावर ड्याम, टनेल, विशाल पुल, राष्ट्रिय गौरवका आयोजना , बाटो निर्माणमा समेत यो सिमेन्ट प्रयोग गर्न सकिन्छ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुङ्गा प्रयोग गरी, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले ६ वर्ष देखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।  

असार १८, २०७८ शुक्रबार १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।