युरो कपको क्वाटर फाइनल आजबाट : पहिलो दिन स्विजरल्यान्ड र स्पेन तथा बेल्जियम र इटाली भिड्दै

एजेन्सी: युरोपियन च्याम्पियनसिपअन्तर्गत शुक्रवारबाट क्वार्टर फाइनलका खेल सुरु हुँदै छन्। शुक्रवारबाट सुरु हुने क्वाटर फाइनलको पहिलो दिनको पहिलो खेल स्विजरल्यान्ड र स्पेन तथा दोस्रो खेल बेल्जियम र इटालीविचहुँदैछ।
राउन्ड अफ १६ मा स्विजर्ल्याण्ड बलियो दाबेदार मानिएको फ्रान्सलाई हराएर क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। लयमा रहेको स्पेनको टोलीले क्रोएसियालाई हराएको थियो।
बेल्जियमले पोर्चुगललाई हराएर क्वाटर फाइनल पुगेको हो। इटालीले अस्ट्रियालाई हराएको थियो।
स्पेनलाई चक्मा देला स्विजरल्यान्डले ?
यी दुवै टोलीका यस अगाडिका खेलहरू रोमाञ्चक थिए। क्वाटर फाइनलमा पुग्न स्विजर्ल्याण्ड फ्रान्सलाई पेनाल्टी सुट आउटमा ५–४ ले हराएको थियो। निर्धारित समयमा दुवै टोलीको स्कोर ३-३ भएपछि निर्णयका लागि पेनाल्टी भएको थियो।
अर्को खेलमा स्पेनले क्रोएसियालाई ५–३ गोलले हराएको थियो। नियमित समयमा नतिजा नआएपछि थपिएको समयमा क्रोएसियालाई स्पेनले हराएको थियो। दुवै टोलीको प्रदर्शनमा स्पेन बलियो देखिन्छ। तर युरो कपमा नसोचेको नतिजा आइरहेकाले यी दुवैको प्रतिस्पर्धाको नतिजा आङ्कलन गर्न ग्राहै छ।
बेल्जियमविरुद्ध इटाली
राति पौने १ बजे म्युनिखमा युरो कपको दोस्रो क्वाटर फाइनल बेल्जियम र इटालीबिच हुँदै छ। राउन्ड अफ १६ मा बेल्जियमले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गरेको थियो।
इटालीले अस्ट्रियालाई १–० ले हराएर अन्तिम ८ मा पुगेको थियो। विश्व फुटबलमा यी दुई टोली एक अर्का विरुद्ध परिचित टोली हुन्। दुवै टोली एक अर्काको कमजोरी र बलियो पक्षबारे जानकार छन्। दुवैको खेल रेकर्ड हेर्ने हो भने इटली बलियो देखिन्छ।
यी दुई टोलीबिच २२ पटक भेट हुँदा इटालीले १४ खेल जितेको छ। ४ खेल बराबरीमा सकिएको थियो भने ४ खेल बेल्जियमले जितेको थियो। पोर्चुगलसँगको खेलका आधारमा भन्ने हो भने बेल्जियम टोली फर्ममा देखिन्छ। उनीहरूले आफ्नो पक्षमा नतिजा निकाल्ने सम्भावना बलियो देखिन्छ।
असार १८, २०७८ शुक्रबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।