लुम्बिनी प्रदेशमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा 

लुम्बिनी प्रदेशमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा 

बुटवल : लुम्बनी प्रदेशमा राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन्।

जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले पार्टीको निर्णयविपरीत मन्त्री बन्न नसक्ने भन्दै राजीनामा दिएको बताएकी छन्। 

सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको उनले जनाएकी छन्। प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका महन्थ ठाकुर राजेन्द्र महतो समूहबाट ४ सांसद मन्त्री बनेका थिए। दुई सांसद भने उपेन्द्र यादव समूहमै रही सरकारको विपक्षीमा रहेका थिए। 

राज्यमन्त्री रायमाझीले राजीनामा दिएसँगै सरकारलाई बहुमत पुर्याउन थप समस्या आउने विपक्षीले अनुमान गरेका छन्।

असार १८, २०७८ शुक्रबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।