विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले धरानमा जलाए प्रधानमन्त्रीको पुत्ला

महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट निस्किएको नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैटौंमा आवद्ध विद्यार्थीले धरानको भानु चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरूपमा संसद् विघटन गरिएको भन्दै त्यसको बदरको माग राखी पुत्ला दहन गरिएको नेविसंघका नेता दोर्ची शेर्पाले बताए। साथै लकडाउनको समयको शुल्क मिनाहा हुनु पर्ने, महँगी, कालोबजारी नियन्त्रण हुनुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुनुपर्ने उनले माग गरे।
सरकारका पछिल्ला दिनका कदम संविधान विरोधी भएकाले आन्दोलित हुनुपरेको उनले सुनाए। प्रदर्शनपछि भानु चोकमा कोणसभा आयोजना गरिएको थियो।
असार १६, २०७८ बुधबार २१:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।