प्रि ओपनिङ सेसनमा नेप्से ७ अङ्कले बढ्यो

प्रि ओपनिङ सेसनमा नेप्से ७ अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्जमा सेयर बजार नेप्से ७ अङ्कले बढेको छ। प्रि ओपनिङ सेसनमा सेयर बजार नेप्से ७.६६ अङ्कले बढेको हो। 

३७ कम्पनीका सेयर ७६ पटक किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ। ६ हजार ३४६ कित्ता सेयर किनबेच हुँदा ४६ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ। 

४७.४९ अङ्कले घटेको नेप्सेमा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार रुपैयाँको कारोबार भएको थियो।

एक दिनमा झन्डै २० अर्ब रुपैयाँसम्मको सेयर कारोबार भएको नेप्से धितो पत्र बोर्डले ५१ कम्पनीको अध्ययन सार्वजनिक गरेपछि घटेर ६ अर्बमा खुम्चिएको छ। ३ हजार बिन्दु पार गरेको नेप्से परिसूचक २८ सयमा झरेको छ। 

असार १६, २०७८ बुधबार १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।