जर्मनीलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं : इंग्ल्यान्ड १६ औं संस्करणको युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। 

लण्डनस्थित वेम्बली स्टेडियममा मंगलबार राति भएको प्रि–क्वाटरफाइनलमा जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो। 

इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले १/१ गोल गरे। स्ट्रर्लिङले खेलको ७५ औं मिनेट र केनले ८६ औं मिनेटमा गोल गरेका थिए। 

यससँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ। इंग्ल्यान्डले क्वाटरफाइनलमा स्विडेन र युक्रेनबीच हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।

एजेन्सी

असार १६, २०७८ बुधबार ००:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।