युएई र ओमानमा सारियो आइसिसी पुरुष टी–२० क्रिकेट विश्व कप

काठमाडौं : भारतमा हुने भनिएको आइसिसी पुरुष टी–२० क्रिकेट विश्व कप युएई र ओमानमा सारिएको छ।
भारतमा कोरोना भाइरस संक्रमणकाे दाेस्राे लहर देखिएपछि प्रतियोगिता युएई र ओमानमा सारिएको हो।
युएईको दुबई इन्टरनेसनल स्टेडियम, अबुदाबीस्थित द शेख जायद स्टेडियम र द शारजाह स्टेडियम र ओमानको द ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा प्रतियोगिता हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जनाएको छ।
आगामी अक्टुवर १७ देखि नोभेम्बर १४ सम्म सञ्चालन हुने प्रतियोगिताको आयोजना भने भारतले नै गर्नेछ।
यसअघि सन् २०२० मा अस्ट्रेलियामा हुने भनिएको प्रतियोगिता कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित गरिएको थियो। त्यसपछि आइसिसीले भारतलाई प्रतियोगिता आयोजनाकाे जिम्मा दिएकाे थियाे।
प्रतियोगिता पछिल्लो संस्करणको उपाधि वेस्ट इण्डिजले जितेको थियो। सन् २०१६ मा भएको प्रतियोगिताको फाइनलमा उसले इंग्ल्याण्डलाई पराजित गरेको थियो।
असार १५, २०७८ मंगलबार १९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।