सेयरका लगानीकर्ताको खुसी २ दिनमै भत्कियो, बजार घट्दा इन्डेक्स पुग्यो २ हजार ८ सय

सेयरका लगानीकर्ताको खुसी २ दिनमै भत्कियो, बजार घट्दा इन्डेक्स पुग्यो २ हजार ८ सय

काठमाडौं: मङ्गलवार बजारमा तीव्र उतारचढाव आउँदा दुईदिन राहत पाएका लगानीकर्ताहरू मङ्गलवार निराश भए। आइतबार र सोमबार उकालो चढेको नेप्से इन्डेक्स मङ्गलवार ४७ दशमलव ५० अङ्कले घटेर २ हजार ८ सय २८ अङ्कमा अड्कियो। 

मङ्गलवार ७५ हजार ८ सय ८० वटा कारोबारबाट २३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएका छन्। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९ दशमलव ८७ अङ्कले घट्दा कारोबार रकम ७ अर्ब पनि पुग्न सकेन।

नेप्सेमा कारोबार हुने लघुवित्त समूहबाहेक सबैको सवइन्डेक्स घटेर रातै भयो। लघुवित्त समूह २६ दशमलव ४ अङ्कले बढ्यो। ३५ कम्पनीलाई नेप्से घट्दा समेत असर परेन।

ओरियन्टल होटेल, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, तारागाउँ रिजेन्सी, सिभिल लघुवित्त, निर्धन उत्थान लघुवित्त, सपोर्ट माइक्रोफोन लघुवित्त, एनएमवि माइक्रो फाइनान्सको शेयर मूल्य हरियै रह्यो। लगानीकर्ताहरू मङ्गलवार राधी जलविद्युत्‌मा झुम्मिए।

प्रोग्रेसिभ फाइनान्स,हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट, वेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, लुम्बिनी विकास बैक, युनियन हाइड्रो पावर, गुडविल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैक र मल्टीपर्पस फाइनान्सका लगानीकर्ता  निराश भए मङ्गलवार।

असार १५, २०७८ मंगलबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।